नियुक्ति मामिलामा फेरि ईडी अफिसमा पेश भए साउथ दमदम नपाका पूर्व चेयरम्यान

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः दक्षिण दमदम नगरपालिकाका पूर्व मेयर पाचू रोय शुक्रवार एक पल्ट फेरि ईडी कार्यालयमा पेश भए। उनी शुक्रवार बिहान ईडी कार्यालय सीजीओ कम्प्लेक्स गए, जहाँ उनीसित सोधपुछ गरिएको छ। जब उनलाई ईडी अफिस किन आएको भनी सोधियो तब उनले तलाशीपछि ईडीले केही दस्तावेज लिएर आएको छ, त्यस सम्बन्धमा सोधपुछ गरिने बताए।

पाचूसित पहिलेपनि सोधपुछ भइसकेको छ। त्यस समय ईडी सूत्रहरूबाट थाहा लागेको थियो, नगर पालिकामा भ्रष्टाचारको आरोपहरूको जाँच अन्तर्गत उनलाई बोलाइएको थियो। ईडीले अहिले राज्यमा भ्रष्टाचारका धेरै आरोपहरूको जाँच गरिरहेछ। यसमध्ये एक नगर निगम नियुक्तिहरूमा भ्रष्टाचारको आरोप पनि सामेल छ। शुरूआतमा भर्ती घोटालामा पक्रा परेको कुन्तल घोष र शान्तनु ब्यानर्जीको सूत्रहरूबाट प्रमोटर अयन शीलको नाम अघि आएको थियो।

घटनाको शुरूआत गत १९ मार्चमा भयो। ईडीले सल्ट लेक स्थित अयनको अफिस र हुगली स्थित उनसको घरको तलाशी लियो। त्यही अवधि नगर पालिकाहरूमा नियुक्तिसित सम्बन्धित दस्तावेज जफत भएको थियो, जसपछि हाईकोर्टको आदेशमा केन्द्रिय एजेन्सीहरूले जाँच गरिरहेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement