रेडियो सलेसियनको आठौँ स्थापना दिवस पालन

IMG-20231208-WA0236.jpg

सोनादा: पहाडको एकमात्र सामुदायिक रेडियो तथा उत्तर पूर्वी भारतकै प्रथम क्याम्पस रेडियो, रेडियो सलेसियन ९०.८ एफएमले आफ्नो आठौँ स्थापना दिवस पालन गरेको छ। बिहान कलेज एसेम्बलीमा विद्यार्थीहरुलाई लिएर आयोजित छोटो कार्यक्रममा रेडियो सलेसियनका स्टेशन निर्देशक फादर सीएम पल, कलेजका उप प्राचार्य प्रितम बारला, बर्सर फादर रेमण्ड टुडु अनि रेक्टर जेम्स चोको मुख्य रुपमा उपस्थित थिए। सलेसियन कलेजका बर्सर फादर रेमण्ड टुडुद्वारा सञ्चालित कार्यक्रममा कलेजका उप प्राचार्यको बाहुलीद्वारा हालै रेडियो सलेसियनलाई विशेष संस्थानद्वारा प्राप्त प्रमाणपत्र अनि ट्रफी रेडियोका कार्यक्रम निर्देशक आरजे समीर छेत्रीलाई हस्तान्तरण गरियो। कार्यक्रममा बन्दना लोहागण (आरजे गरिमा) ले विद्यार्थीहरुलाई रेडियोको महत्त्व, समुदायमा पुराइरहेको सेवा तथा विद्यार्थीहरुको भूमिकाबारे वक्तव्य राखिन् भने कार्यक्रमलाई स्टेसन निर्देशक फादर सीएम पल अनि उप प्राचार्य प्रितम बारलाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा रेडियोका आरजे ब्रायन कर, आरजे मोजेस तामाङ, आरजे प्रताप राई अनि आरजे अलिसा गुरुङ लगायत कलेजका प्राध्यापक-प्राध्यपिका साथै कर्मचारीहरु पनि उपस्थित थिए।

About Author

Advertisement