मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको डीएनएबाट चोर पक्राउ

Hand-Cuff-3-1

चीनमा पुलिसले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ। पुलिसले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ। चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो। रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जूनमा भएको थियो। घरमा पुग्दा दैलो भित्रबाट बन्द भएको र बालकोनीबाट चोर अपार्टमेन्टमा पसेको पुलिसले जनाएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चोरले धेरै बहुमूल्य वस्तु चोरेको थियो। भान्साघरमा केही चाउचाउ र अन्डा फेला पारेपछि चोर उक्त घरमा रात बिताएको थियो। पुलिसले पर्खालबाट सावधानीपूर्वक रगतको नमूना निकालेर डीएनए विश्लेषणको लागि पठाएको थियो। डीएनए नमूनाहरू आपराधिक रेकर्ड भएका छाइ उपनामका संदिग्ध व्यक्तिको भएको पुलिसले पुष्टि गरेको छ। पुलिसको नयाँ उपायले चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ता दंग परेका छन् । उनीहरूले विच्याटमा अनगिन्ति टिप्पणी गरेका छन्। ‘उसले घटनास्थलमा रात बिताउने हिम्मत कसरी गर्यो? यो व्यक्तिलाई साँच्चै गम्भीर मनोवैज्ञानिक समस्याहरू छन्’, एक प्रयोगकर्ताले टिप्पणी गरे।

‘यो लामखुट्टेको बदला हो । लामखुट्टे बेकार हो भन्ने मेरो सोचाइ गलत रहेछ’  अर्काले टिप्पणी गरेका छन् । ग्लोबल टाइम्सका अनुसार अपराध गरेको १९ दिनपछि उक्त चोर पक्राउ परेको थियो । उनले यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको पुलिसले जनाएको छ ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *