कोइला तस्करीमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ

प्रतीकात्मक तस्वीर

पुरुलिया: कोइला तस्करीको मामलामा रघुनाथपुर थानाको पुलिसले अवैध रूपमा कोइला तस्करी गर्दागर्दै रघुनाथपुर नम्बर २ ब्लकको चेलियामारको करगलीबाट सातजनालाई पक्राउ गरेको छ। पक्रा पर्नेमा मनोज मिश्रा, अरुण मिश्र, कृष्ण मिश्र भागवत पाल, विनोद महतो सबै झारखण्डको धनबाद जिल्लाको बलियापुर थानाको कुशबेरिया गाउँका बासिन्दा हुन्। जबकि इन्ताज अन्सारी र जब्बार अन्सारी दुवै रघुनाथपुर पुलिस थानाअन्तर्गतको जमुआ गाउँका बासिन्दा हुन्। उनीहरु सबैलाई स्कुटरमा अवैध रूपमा कोइला तस्करी गर्दागर्दै पुलिस थाना रघुनाथपुरले पक्राउ गरेको समाचार छl

About Author

Advertisement