आकाशवाणी खरसाङमा स्वतन्त्रता सेनानी गागा छिरिङ डुक्पाको जन्म जयन्ती पालन

IMG-20231207-WA0292.jpg

खरसाङ: स्वतन्त्रता सेनानी गागा छिरिङ डुक्पाको जन्म जयन्ती आज आकाशवाणी खरसाङमा पालन गरिएको छ। आकाशवाणी खरसाङको कर्मचारीहरूद्वारा स्वतन्त्रता सेनानीहरूलाई चिनाउने प्रयास गर्दै स्वतन्त्रता सेनानीको गागा छिरिङ डुक्पाको जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम आकाशवाणी खरसाङको कार्यक्रम निष्पादक राजीव सुब्बाको अध्यक्षता र कर्मचारी पवन डुक्पाको सञ्चालनमा सम्पन्न गरिएको छ। कार्यक्रमको शुरुमा उपस्थित कर्मचारीहरूले स्वतन्त्रता सेनानी गागा छिरिङ डुक्पाको तस्वीरमा खदार्पणसहित धुप द्वीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा स्वतन्त्रता सेनानी गागा छिरिङ डुक्पाको विषयमा आकाशवाणी खरसाङको कर्मचारी पवन डुक्पा, डीओ मिङमा लामा, हनोक थापा आदिले छोटोमा बताएका थिए। कार्यक्रममा अाकाशवाणी खरसाङको विभिन्न विभागको कर्मचारीहरू उपस्थित रहेका थिए। स्वतन्त्रता सेनानी गागा छिरिङ डुक्पाको जन्म ७ दिसम्बर सन् १९०९ मा भएको थियो भने उनको मृत्यु १० नोभेम्बर १९९२ मा भएको थियो। उनले भारतको स्वतन्त्रतामा दिएको महत्वपूर्ण भूमिकाको लागि भारत सरकारले २६ जनवरी १९७३ सालमा ताम्र पत्रले सम्मान जनाएको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आकाशवाणी खरसाङको कर्मचारी पवन डुक्पाले स्वाधीनता सेनानी गागा छिरिङ डुक्पाक जन्म दार्जिलिङ भेगको पर्मागढीमा भएको थियो भन्दै प्रथममा उनी मिरिक प्राथमिक पाठशालामा र पछिबाट सुखे पोखरीमा पनि काम गरेको बताए।

उनले गागा छिरिङलो दार्जिलिङको टर्नबुल हाई स्कूलमा पनि काम गरेको बताउँदै अंग्रेजहरूले उनलाई दोस्रो विश्व युध्दमा लाने भने पनि त्यसलाई ईन्कार गरेर भारतको स्वाधीनता संग्राममा सक्रिय रूपमा सहभागिता जनाएको बताए। पवन डुक्पाले आज गागा छिरिङके जन्म जयन्ती पहाड़को विभिन्न क्षेत्रहरूमा पालन गरिन्दैछ र यहाँ आकाशवाणीमा पनि नयाँ शुरुवात् गर्दै स्वाधीनता सेनानीहरूलाई चिनाउनुुपर्छ भनी आकाशवाणी खरसाङमा गागा छिरिङको जन्म जयन्ती पालन गरिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement