एक भारत श्रेष्ठ भारत अन्तर्गत राज्यस्तरीय पुरस्कार वितरण कार्यक्रम सम्पन्न

IMG-20231208-WA0001.jpg

गान्तोक: राज्य परियोजना कार्यालय, समग्र शिक्षा विभागको संयोजकत्वमा ‘एक भारत श्रेष्ठ भारत’ अभियान अन्तर्गत राज्यस्तरीय पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो।

यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा समग्र शिक्षा विभागका अतिरिक्त निर्देशक टीबी सुब्बा रहेका थिए।

एक भारत श्रेष्ठ भारत कार्यक्रम भारत सरकारद्वारा विभिन्न क्षेत्रका मानिसहरूबीच दिगो र संरचित सांस्कृतिक सम्बन्धको अवधारणामा परिकल्पना गरिएको थियो। राज्यका विद्यालयहरूमा वर्ष २०१५ देखि यो कार्यक्रम शुरू गरिएको हो। एक भारत श्रेष्ठ भारत अभियान अन्तर्गत विभिन्न गतिविधि र कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

ब्लक, जिल्ला र राज्य स्तरमा भएका विभिन्न प्रतियोगिता र गतिविधिहरूको आधारमा राज्यभरका विभिन्न विद्यालयहरूबाट विजेताहरू छनोट गरिएको छ। यस प्रतियोगितामा सहभागी बन्नेहरूलाई प्रमाण पत्र सहित पुरस्कार पनि प्रदान गरियो।

About Author

Advertisement