हि-याङथाङमा एसकेएमको सभा

IMG-20231207-WA0001.jpg

गेजिङ: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको युवा. नारी तथा गाउँले जनताबीचको समन्वय सभा शुरु भएको छ। मानेबुङ-देन्ताम समष्टिबाट गत १ दिसम्बरदेखि नै प्रत्येक वार्डका जनतालाई समेटेर पार्टी अध्यक्ष एवं मुख्यमन्त्रीको निर्देशनमा शुरु भएको समन्वय सभाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले पाँच वर्षको कार्यकालमा गरेको सामाजिक, आर्थिक, नैतिक क्षेत्रको बिकास बिषय जानकारी गराउँदै आगामी दिनमा पार्टीले गर्ने क्षेत्र-वार्ड लेबल युवा नारी तथा गाउँले समन्वयलाई निरन्तरता दिएको हो।

आज भएको सभा हियाङथाङ वार्डमा सम्पन्न भयो। जसमा क्षेत्र प्रभारी एवं पार्टी उपाध्यक्ष पूर्णहाङ सुब्बाले अध्यक्षता गरेका थिए। यस सभामा उपस्थित संगठनका प्रतिनिधिहरुले सरकारको भावी कार्यक्रम र पार्टीको योजनाबारे मन्तव्य राखे। पार्टीमा धेरै अगिदेखि पार्टीको काम गरिरहेका कार्यकर्तालाई उपस्थित पार्टीका अग्रजहरुले मुख्यमंत्रीको सोच साथै मुख्यमन्त्रीले पुराना कार्यकर्तालाइ दिएको सन्देश सुनाएका थिए। अहिलेसम्म क्षेत्रमा सरकाले गरेको कार्य विवरण साथै अनुमोदन भएर काम भएको जानकारी क्षेत्र प्रभारी सुब्बाले दिए। गाउँमा आएको कामहरू ढिलाइ नगरी अगि बडाउन आग्रह गरे। सभामा जिल्ला पञ्चायत साथै राज्य स्तरीय युवा उपाध्क्षय बीएम सुब्बा साथै युवा संयोजक राजमान गुरुङ्गले पनि सम्बोधन राखे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement