मल्लीमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्डस्तरीय सभा सम्पन्न

IMG-20230410-WA0169-11-300x172-2

मल्ली: राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको मल्ली क्षेत्र स्तरीय समितिले निरन्तर रूपमा वार्ड स्तरीय सभा सम्पन्न भइरहेको छ।

यसै क्रममा आज लुङचोक कमेरे जीपीयू अन्तर्गत थर्पु वार्ड अनि सुम्बुक कात्तिके जीपीयूको सोमबारे वार्डमा सभा सम्पन्न भयो।

वार्ड स्तरीय सभाको मुख्य उद्देश्य पार्टीलाई वार्ड स्तरदेखि दह्रिलो बनाउनु र सरकारका विभिन्न योजना, पूर्वाधार विकास, बिरामी र विद्यार्थीहरूको निम्ति मुख्यमन्त्री प्रेमसिंह तामाङले पुऱ्याइरहेका सहयोगहरू जनता समक्ष पुऱ्याउनु साथै वितरण गरिने सहुलियतहरूबारे जानकारी गराउनु रहेको छ।

सभामा वार्डलाई मजबुत बनाउनु साथै वार्ड समिति र वार्ड पञ्चायतको जिम्मेवारीबारे प्रकाश पार्दै उपस्थित वक्ताहरूले आ-आफ्नो ज़िम्मेवारीलाई इमानदारिताका साथ निर्वाह गरेर गाउँको विकासको निम्ति एकजुट हुनुपर्ने विषयमाथि सबैले जोर दिए।

About Author

Advertisement