नामथाङमा विश्व माटो दिवस पालन

IMG-20231205-WA0178.jpg

गान्तोक: कृषि विज्ञान केन्द्र नामथाङ र एटीएमए नाम्ची जिल्ला, राज्य कृषि विभागसँगको सहकार्यमा ‘माटो र पानी, जीवनको स्रोत’ भन्ने नाराका साथ विश्व माटो दिवस पालन गरियो।

यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य माटोकोबारेमा मानिसहरूलाई सचेत गराउनु, इकोसिस्टमलाई कसरी जोगाउने र माटोको उपयोगिता र महत्त्वबारे जनचेतना फैलाउनु रहेको थियो।

कार्यक्रममा पञ्चायत मनिकुमार तामाङ, वरिष्ठ वैज्ञानिक आईपी शिवकोटी लगायत सम्वन्धित विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा डा. प्रवेश शिवकोटीले स्वागत भाषण राखेका थिए भने कार्यक्रमको उद्देश्यबारे वरिष्ठ वैज्ञानिक आइपी शिवकोटीले प्रकाश पारे।

यसरी नै माटो जाँच प्रयोगशालाका प्रभारी योगराज प्रधानले माटोको महत्व, माटोको जाँच अनि हेल्थ योजनाबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराए।

कार्यक्रममा उपनिर्देशक वाङ्ग्याल लेप्चाले कृषक समुदायको हितमा सञ्चालन भइरहेका कृषि विभागका विभिन्न योजनाकाबारेमा जानकारी गराए। कार्यक्रममा कृषकहरूलाई माटो स्वास्थ्य कार्ड वितरण गरियो।

विश्व माटो दिवसको उपलक्ष्यमा यस अवसरलाई कार्यक्रममय बनाउन माटोमा आधारित लघु चलचित्र पनि प्रदर्शन गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement