गेजिङ: आगामी २०२४ मा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउलाई लिएर हाल राज्यको स्ट्रङरूममा राखिएको इभीएमको जाँच शुरू हुन थालेको छ। यसै क्रममा गेजिङ जिल्लाको क्योङसाको स्ट्रङ रूममा राखिएको ईभीएम जिल्लापाल हिस्से डी. योङदा सहित चुनाउ अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच खोलियो।
यसरी सबै प्रतिनिधिहरूको उपस्थितिमा ईभीएमको जाँच प्रक्रिया शुरू भएको छ भने यो प्रक्रिया भोलि बुधवारसम्म निरन्तररूपमा चल्ने जानकारी गराइएको छ। यो पहिलो चरणको जाँच रहेको विभागले बताएको छ।

यस मशिनको जाँच इलेक्ट्रोनिक कर्पोरेसन अफ् इन्डियाका नौ जना अभियन्ताहरूले गरिरहेका छन्। बिहानदेखि जाँच प्रक्रिया शुरू भएर बेलुकी सबै प्रतिनिधिहरूको उपस्थितिमा सील लगाउने गरिॅंदैछ।










