भारत र केन्याबीच पाँच समझौतामा हस्ताक्षर

Modi-Kenya.jpg

अफ्रिकासितको सहयोग मिशन मोडमा छ: प्रधानमन्त्री मोदी

नयाँ दिल्ली: भारत औ केन्याबीच मङ्गलवार शिक्षा, संस्कृति लगायत अन्य विविध क्षत्रहरूसित सम्बन्धित पाँचवटा समझौतामा हस्ताक्षर भएको छ। कृषि क्षेत्रलाई आधुनिक बनाउने ध्येय लिएर भारतले केन्यालाई २५० मिलियन डलर ऋण दिनेछ।

यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने, भारतको विदेश नीतिमा अफ्रिकालाई सदैव उच्च प्राथमिकता दिइएको छ। पछिल्लो लगभग एक दशकको अन्तरालमा हामीले अफ्रिकासितको सहयोगलाई मिशन मोडमा बढ़ाएका छौं।

केन्याका राष्ट्रपति डा. विलियम समोई रूतो तीन दिवसीय यात्रामा हिजो दिल्ली आइपुगेका थिए। भारतको राजकीय यात्रामा आएका समोई रूतोले आज प्रधानमन्त्री नरेन्द्र मोदीसित दिल्लीको हैदराबाद हाउसमा द्विपक्षीय औ प्रतिनिधिमण्डल स्तरको वार्ता गरे।

वार्ता पश्चात दुवै नेताहरूले संयुक्त पत्रकार वार्तालाई सम्बोधन गरे। यस अवधि प्रधानमन्त्रीले भने, भारत-केन्याबीच आपसी व्यापार अनि निवेशमा लगातार प्रगति भइरहेको छ। केन्याले ग्लोबल बायोफ्यूल एलायन्स तथा अन्तरराष्ट्रिय सौर गठबन्धनसित जोड़िने निर्णय लिएकोमा उनी खुसी छन्। साथै केन्याको इन्टरनेशनल बिग क्याट एलायन्ससित जोड़िने निर्णयले बिक क्याटको संरक्षणको लागि वैश्विक प्रयासहरूलाई हामी सशक्त बनाउन सक्नेछौं। भारत औ केन्या एकमत छ, आतङ्कवाद मानवताको लागि सबैभन्दा गम्भीर चुनौती हो। यस सम्बन्धमा हामीले आतङ्कवाद विरोधी अभियानहरूमा आपस्तको सहयोगलाई बढ़ाउने निर्णय लिएका छौं।

प्रधानमन्त्रीले भने, रक्षा क्षेत्रमा हाम्रो बढ़्दो सहयोग हाम्रो आपस्तको विश्वास अनि साझा हितहरूको प्रतीक हो। आजको चर्चामा हामीले सैन्य अभ्यास क्षमता निर्माण अतिरिक्त दुवै देशको रक्षा उद्योगहरूलाई जोड़्नेमाथि पनि बल दियौं। हामीले जन कल्याणको लागि अन्तरिक्ष प्रौद्योगिकीलाई प्रयोग गर्नेमाथि पनि चर्चा गऱ्यौं। दुवै कृषि प्रधान अर्थव्यवस्थाको रूपमा हामी आफ्नो अनुभव साझा गर्नेमा सहमत भयौं। केन्याको कृषि क्षेत्रलाई आधुनिक बनाउनका लागि २५० मिलियन डलरको लाइन अफ क्रेडिट दिन हामी सहमत भयौं।

केन्याका राष्ट्रपतिले भने, उनले सोमालिया र सूडानको अवस्थालाई लिएर प्रधानमन्त्री मोदीसित चर्चा गरे। केन्यामा ७० प्रतिशत स्वास्थ्य वस्तुहरूको मूल भारतमै छ। हामी साझेदारी अनि समर्थनको सराहना गर्दछौं। यीमध्ये कतिपय वस्तुहरू केन्यामै निर्माण कसरी गर्न सकिन्छ त्यस विषयमा पनि चर्चा गऱ्यौं। यो पारस्परिक रूपले लाभप्रद हुनेछ।

उनले भने, केन्याबाट धेरैजना मानिसहरू स्वास्थ्य सेवाको लागि भारत आउने गर्दछन्। हामी यसमा सहमत भएका छौं कि हामी केन्यामा आफ्ना स्वास्थ्य पेशावरहरूमाझको सम्बन्धलाई विस्तार गर्न गइरहेका छौं। हामीले भारत सरकारसित केन्याली पेशावर, नर्सहरूको लघु पाठ्यक्रमको प्रवेशलाई लिएर विचार गर्ने अनुरोध गरेका छौं।

केन्याका राष्ट्रपतिले भने, हामी आज समुद्री सहयोगमाथि एक संयुक्त दृष्टिकोण वक्तव्य जारी गरिरहेका छौं। भारत अऩि केन्यामाझको घनिष्ठ सहयोगले हिन्द-प्रशान्त क्षेत्रमा हाम्रा सबै प्रयासहरू अग्रगामी हुनेछन्। हामीले भारतीय राष्ट्रिय कृषि एवं ग्रामीण ब्याङ्कले हाम्रो कृषि वित्त निगमसित किसानहरूलाई ऋण प्रदान गर्नमा कसरी काम गर्नेछ ताकि हामीले खाद्य सुरक्षाका चुनौतीहरूको सामना गर्न सकौं भन्ने विषयमा पनि चर्चा गऱ्यौं।

यी दुई नेताहरूमाझ भएको बैठक बारे जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताए, दुई नेताहरूले व्यापार अनि निवेश, विकास साझेदारी, रक्षा, सुरक्षा, संस्कृति एवं मानिसहरूमाझ सम्पर्क सहित सम्पूर्ण दुईपक्षीय सहयोगको जायजा लिए। उनीहरूले दुवै देशका मानिसहरूको साझा समृद्धि तथा भलाईको लागि सहोयगका नयाँ क्षेत्रहरू प्रयोग गर्ने प्रतिबद्धताको पुष्टि पनि गरे।

यसपूर्व राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा केन्याका राष्ट्रपति डा. विलियम समोई रूतोलाई औपचारिक स्वागत गरिन्। केन्याका राष्ट्रपतिले बिहान राजघाटमा पुष्पाञ्जलि अर्पण गरे अनि महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *