कोलकाताः बंगालको खाड़ीमाथि बनिरहेको चक्रवाती तूफान ”मिचौङ” को प्रभावले कोलकाता सहित समुद्र तटीय जिल्लाहरूमा मंगलवार पनि हल्कादेखि मध्यम पानी पर्नसक्छ। तापक्रममा पनि वृद्धिको क्रम जारी छ। मौसम विभागको तर्फबाट सोमवार जारी बयान अनुसार, कोलकातामा न्यूनतम तापक्रम सामान्यभन्दा सात डिग्री धेरै २३.१ डिग्री सेल्सियस रेकर्ड गरिएको छ जबकि अधिकतम तापक्रम सामान्यभन्दा एक डिग्री धेरै २८.९ डिग्री सेल्सियस छ।
भारत मौसम विभाग (एमईडी) को कोलकाता क्षेत्रीय कार्यालयको तर्फबाट जारी बयान अनुसार, चक्रवातको प्रभावले समुद्र तटीय जिल्लाहरू अर्थात् कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना तथा पूर्व र पश्चिम मेदिनुरमा भोली अर्थात् बुधवारसम्म पानी पर्ने सम्भावना छ। मौसम विभाग अनुसार, तूफान बंगालको खाड़ीको दक्षिणी-पश्चिमी हिस्साहरूमा उत्तर-पश्चिम दिशातिर बढ़िरहेछ, जसमाथि लगातार नजर राखिएको छ। उत्तरी तमिलनाडू र दक्षिणी आन्ध्र प्रदेशका तटहरूमा पुग्दा चक्रवात फेरि घुमेर उत्तर दिशातिर बढ्ने सम्भावना छ यो आज एक तीव्र चक्रवाती तूफानको रूपमा दक्षिणी आन्ध्र प्रदेशको तट भएर जानसक्छ। चक्रवातले ०६ र ०७ दिसम्बरमा दक्षिण बंगालका जिल्लाहरूमा पानी पर्ने क्रम जारी रहनेछ।
यसअघि राजधानी कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा, झाड़ग्राम समेत अन्य जिल्लाहरूमा पनि तापक्रममा हल्का वृद्धि दर्ता गरिन्दैछ। उत्तर बंगालको दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार र कोचबिहारमा तापक्रम कम छ र सर्दीको क्रम जारी छ।
-हिस