एसएससीएले क्षेत्रीयस्तरीय स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिता आयोजना गर्ने

IMG-20230410-WA0169-11-300x172-2

गान्तोक: सिक्किम स्पोर्ट क्लाइम्बिङ एसोसिएशन (एसएससीए) को आयोजनामा पूर्वोत्तर क्षेत्रीय स्तरको स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता हुने भएको छ। इण्डियन माउन्टेनरिङ फेडेरेसन (आईएमएफ) को निर्देशनमा हुने प्रतियोगितामा पूर्वोत्तर भारतका आठवटा राज्यका खेलाडीहरूले सहभागिता दिनेछन्। एसएससीएका अध्यक्ष कुञ्जाङ ग्याछोले दिएको जानकारी अनुसार, सिक्किम सरकार र खेलकुद विभागको सहयोगमा आगामी ८ दिसम्बरदेखि १० दिसम्बरसम्म दक्षिण सिक्किमको चेम्चेस्थित इन्डियन हिमालयन सेन्टर फर् एड्भेन्चर एण्ड इको टुरिजमको प्राङ्गनमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement