गान्तोक: एसडीएफ पार्टीको सिक्किम बचाऔँ अभियान-मा निक्लिएका एसडीएफ कार्यकर्ताहरूमाथि आज पश्चिम सिक्किमअन्तर्गत रिञ्चेनपोङ समष्टिको मिडल ताकुथाङमा प्राणघातक आक्रमण भएको बताइएको छ।
एसडीएफले यस आक्रमणमा एसकेएम कार्यकर्ताहरूको हात रहेको आरोप लगाएको छ।
यस आक्रमणमा एसडीएफ पार्टीका युवा नेताहरू प्रह्लाद राई, सुकराज सुब्बा, धनबहादुर तामाङ, आईबी राई, सिद्धान्त सुब्बा र फुर्देन भोटिया गम्भीर रूपमा घाइते बनेको एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ। घाइतेहरूको उपचार अहिले नाम्ची जिल्ला अस्पतालमा चलिरहेको छ।
यस क्रममा आज सॉंझ एसडीएफ अध्यक्ष पवन चामलिङले नाम्ची जिल्ला अस्पताल पुगी उपाचारधीन एसडीएफ युवा नेताहरूको स्वास्थ्यको जायजा लिएको बताइएको छ।