खरसाङ: यस वर्ष गोर्खा जन पुस्तकालय, खरसाङले कवि अगमसिंह गिरीको ९७-औँ जन्मजयन्ती यसपाली पनि भव्यतापूर्वक पालन गर्ने निश्चित गरेको छ।यसपाली गिरी जयन्ती बनाउने विषयमा गोर्खा जनपुस्तकालयको सचिव विनोद रसाइलीले प्रेस विज्ञप्ति जारी गर्दै भने, कहिले कविता गोष्ठी, कैले गिरीका कविताहरूका कवितामाथि आवृत्तिहरू गरेर गोजपुले विगत धेरै वर्षदेखि यस दिनलाई स्मरणीय बनाउँदै आइरहेको तथ्य सर्वविदित छ। यस क्रमलाई अटुट राख्दै यस वर्ष भने गोजपुले गिरीका चर्चित कविताहरूका आवृत्ति प्रतियोगिता खुल्ला रूपमा आयोजित गरेर उक्त दिनलाई गिरीमय बनाउने अठोट गत मासिक सभामा तय गरिसकेको छ। प्रतियोगितामा स्कूल-कलेजका विद्यार्थीहरूदेखि अन्य सामान्य प्रतियोगीहरूले पनि अंश ग्रहण गर्न सक्नेछन्।प्रतियोगीहरू छनौट प्रतिक्रियाबाट पार भएर अन्त्यमा पाँचजना प्रतियोगीहरू फाइनल चक्रमा पुग्नेछन् जसले गिरी जयन्तीको दिन आफ्नो प्रस्तुति दिएर खिताब आफ्नो नाम गर्न सक्नेछन्। नाम बुझाउने अन्तिम मिति १७ दिसम्बर तोकिएको छ भने प्रतियोगीहरूले ७०६३८५९६५० र ९८३२०६७९८४ नम्बरमा वाट्सेप गरेर आफ्नो नाम प्रतियोगिताको निम्ति सुनिश्चित गर्नु पर्नेछ। यस अतिरिक्त विस्तृत जानकारीको निम्ति सचिव विनोद रसाइली अनि उपाध्यक्ष प्रकाश प्रधानसँग सम्पर्क गर्ने सूचित गरिएको छ।