बेग्लै खण्ड विकास कार्यालय बनिने कुराले सोनादा क्षेत्रको जनताको सपना साकार हुन लागेको छ: अनोश थापा

IMG-20231204-WA0213.jpg

सोनादा: बेग्लै सोनादा खण्ड बनिने कुराले खुशी बनेका सोनादा क्षेत्रलाई लिएर सोनादा पचेङ समष्टीको सभासद अनोश थापाको अगुवाईमा सोनादा क्षेत्रको सबै संघ संस्थाहकूलाई लिएर एक सभा सम्पन्न भएको छ। उक्त सभाले सोनादा क्षेत्रमा बेग्लै खण्ड विकास बनिने पहल भएकोले यसैलाई लिएर आगामी ९ दिसम्बरको दिन बिहान १० बजे सोनादाको सबै क्षेत्रहरूलाई लिएर सभा गरेर कमिटी बनाई बेग्लै सोनादा खण्ड विकास बनाउने कार्यमा पहल गरिने भएको छ। उक्त सभापछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद एंव सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले भने, सोनादा क्षेत्रलाई बेग्लै खण्ड विकास बनाउने कुराले सोनादा क्षेत्रको दीर्घकालीन सपना चाढ़ै विपनामा परिणत भईरहेको छ। सोनादालाई बेग्लै खण्ड बनाउने हाम्रो पुर्खाले लामो समयदेखि पहल गर्दै विगतको समयमा विभिन्न कमिटीहरू बनाएका थिए अनि कार्य पनि गर्दै आएका थिए। अहिले आएर जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको इच्छा शक्ति र राजनैतिक इच्छा शक्तिले सोनादा क्षेत्रको सपना साकार हुन लागेको छ।

सभासद अनोश थापाले अहिले आएर सोनादा क्षेत्रले देखेको सपना साकार हुन लागेको कारणले सबैजना खुशी छन् र यसको लागि जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति सोनादा क्षेत्रको पक्षहाट आभार प्रकट गरेका छन्। उनले सोनादा क्षेत्रको जनताहरू खण्ड विकास कार्यालय जानलाई लामो दुरी र लामो समय खर्च गरेर सुखे पोखरी पुग्नु पर्ने बाध्यता छ। तर अब सोनादा क्षेत्रलाई बेग्लै खण्ड विकास कार्यालय बनिने कुराले सबैले सपना साकार हुने लागेको भनी बताए। थापाले यसको लागि सोनादा क्षेत्रको जनतालाई एकबध्द भएर बसिदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement