एसटीएनएम अस्पतालमा ९ जनाको गल ब्लाडर शल्यक्रिया सम्पन्न

Screenshot_20231205_004235_Chrome.jpg

गान्तोक: राज्यमा दिन प्रतिदिन बढ़िरहेको पित्त सम्बन्धको रोगलाई न्यून पार्नको निम्ति राज्य सरकारले निःशुल्क गल ब्लाडर शल्यक्रिया शिविर शुरु गरेको छ। मासिकरुपमा शल्यक्रिया गर्ने अभियान नै थाल्नी गरेको छ।

यो शल्यक्रिया यसभन्दा अघि सिलगढ़ीको विभिन्न निजी अस्पतालहरूमा गरिन्दै थियो भने अहिले यहाँको राजधानीको न्यू एसटीएनएममा गर्न शुरू गरिएको बताइएको छ।

आजदेखि यो महिनाको दोस्रो चरणको शल्यक्रिया गर्ने कार्य शुरु भएको छ। आज पहिलो दिन ९ जनाको शल्यक्रिया सम्पन्न भयो। अन्यहरूको भोलि अनि पर्सी शल्यक्रिया हुने बताइएको छ। यसबारे गरीब जन कल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेले मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा यो शिविर सम्पन्न भइरहेको जानकारी गराए।

गरीब जन कल्याण प्रकोष्टले यसको निम्ति राज्यको विभिन्न निर्वाचन क्षेत्रका जनताहरूसँग जोगाजोग गरेर तिनीहरूको शल्यक्रियाको समयमा सहयोग पुऱ्याउने कार्य गरिरहेको उनको भनाइ रहेको छ। मासिक रुपमा ५० जनाको शल्यक्रियाको व्यवस्था गरिने पनि उनले बताए। शल्यक्रिया अवधि खाने बस्ने सम्पूर्ण खर्च मुख्यमन्त्रीको निर्देशनमा गरीब जनकल्याण प्रकोष्ठले गरिरहेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement