गान्तोक: आर्थिकरूपमा कमजोरीको कारण कोही पनि उपचारबाट बञ्चित नहोस् भन्ने हेतुले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भातृ संगठन गरीब जन कल्याण प्रकोष्ठले विभिन्न अस्पतालहरूमा उपचाराधीन रोगीहरूलाई आर्थिक सहयोग निरन्तर प्रदान गर्दै आएको छ।
यसै क्रममा आज विभिन्न अस्पतालहरूमा उपचाराधीन रोगीहरूलाई गरीब जनकल्याण प्रकोष्ठको माध्यमद्वारा आर्थिक सहयोग प्रदान गरियो।
न्यू एसटीएनएम अस्पताल परिसरमा रहेको गरीब जनकल्याण प्रकोष्ठको कार्यालमा आज ४३ रोगीहरूलाई आर्थिक सहयोग प्रदान गरियो। यस अवसरमा गरीब जनकल्याण प्रकोष्ठको प्रमुख संरक्षक प्रभाकर गोलेको पनि उपस्थिति रहेको थियो।
यस्तो दुःखको घड़ीमा आफूहरूलाई आर्थिक सहयोग प्रदान गरेकोमा लाभार्थीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि गरीब जन कल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।