कोलकाताः विधानसभामा राष्ट्रगान मामिलामा एफआईआरलाई चुनौती दिॅंदै १० भाजपा विधायकहरूले कलकत्ता हाई कोर्टको दैलो ढकढकाएका छन्। उनीहरूले यस मामिलामा चॉंडै सुनवाईको निम्ति अनुरोध गरेका छन्। न्यायमूर्ति जय सेनगुप्ताले याचिका र मामिलालाई स्वीकार गरेका छन्। यस मामिलामाथि चॉंडै सुनवाई हुनेछ। विधानसभामा राष्ट्रगानको अपमान गरेको आरोपमा ११ भाजपा विधायक विरूद्ध विधानसभा अध्यक्षलाई शिकायत सुम्पिएको थियो। स्पीकरले यसलाई कोलकाता पुलिसकहॉं पठाएका थिए। यसपछि पुलिसले दुईवटा प्राथमिकी दर्ता गरेको छ।उनीहरूलाई पॉंच दिसम्बरमा कोलकाता पुलिस मुख्यालयमा उपस्थित हुन लगाइएको छ। यस अघि सोमवार भाजपाले एफआईआरलाई चुनौती दिॅंदै हाई कोर्टको दैलो ढकढकाएको छ।
उल्लेखनीय छ, भाजपा विधायक शंकर घोष, सुदीप मुखर्जी, मनोज तिग्गा, दीपक बर्मन, नीलाद्रि शेखर दाना, बंकिम घोष, मिहिर गोस्वामी र शिखा च्याटर्जीलाई पुलिसले सोधपुछको निम्ति बोलाएको छ।
-हिस