नियुक्ति भ्रष्टाचार मामिलाको जाँच पूरा गर्ने याचिका लिएर हाईकोर्ट पुग्यो उम्मेदवार

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः नौकरीको निम्ति धरनामा बसेका स्कूल सेवा आयोग (एसएससी) उम्मेदवारहरूले नियुक्तिसित सम्बन्धित सबै मामिलाहरूको शीघ्र सुनवाईको अनुरोध गर्दै उच्च न्यायालयको दैलो ढकढकाएका छन्। सोमवार उम्मेदवारहरूको तर्फबाट उकील फिरदौस शमीमले न्यायमूर्ति देबांशु बसाकको खण्डपीठको ध्यान आकर्षित गरे। यस हप्ता मामिलाहरूको सुनवाई हुने सम्भावना छ।

सुप्रीम कोर्टले एसएससीको ग्रुप-सी, ग्रुप-डी स्टाफ, कक्षा IX-X र कक्षा XI-XII शिक्षकहरूको भर्ती मामिलाहरूको सुनवाईको निम्ति एक विशेष खण्डपीठको गठन गर्ने आदेश दिएको छ। शीर्ष अदालतले भन्यो, ती मामिलाहरूको सुनवाई छह महिनाभित्र पूरा गरिनुपर्नेछ। त्यस आदेश अनुसार, १६ नोभेम्बरमा हाई कोर्टका मुख्य न्यायाधीश टीएस शिवगणनमले मामिलाहरूलाई जस्टिस बसाकको डिवीजन बेञ्चलाई पठाएका थिए। पीठ धेरै समयसम्म व्यस्त रहेको कारण सुनवाई शुरू हुन सकेको छैन। यसैले नौकरी चाहँनेहरूले फेरि अदालतको दैलो ढकढकाएका छन्।

-हिस

About Author

Advertisement