ममताले बताइन्, राज्यले दुर्गा पूजामा कति करोड़ रूपियाँ खर्चा भयो, कति लाभ भयो

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः दुर्गा पूजा कमिटीहरूलाई अनुदान दिइनुलाई लिएर उठिरहेको प्रश्नमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार जवाफ दिइन्। राज्य विधानसभामा सम्बोधन गर्दै उनले भऩिन्, पूजामा कारोबारबाट हासिल गरिएको रकम पूजामा खर्चाभन्दा धेरै गुणा अधिक छ। यसबाट आम व्यवसायीहरू-कलाकारहरूलाई लाभ भएको छ। मुख्यमन्त्रीले भनिन्, गत साल दुर्गा पूजामा लगभग ३८ हजार करोड़ रूपियाँको कारोबार भएको थियो। यस पाली त्यो रकम ७२ हजार करोड़ रूपियाँ छ। मुख्यमन्त्रीले सोमवार विधानसभामा भनिन्, यस पाली दुर्गा पूजामा ३०० करोड़ रूपियाँ खर्चा गरिएको छ र कारोबार ८२ हजार करोड़को भएको छ।

राज्यले स्वास्थ्य देखरेख परियोजनाहरूमा कति पैसा खर्चा गरेको जानकारी गराउँदै उनले भने, राज्यले स्वास्थ्य सेवामा आठ हजार करोड़ रूपियाँ खर्चा गरेको छ। यस परियोजनाबाट कम्तीमा आठ करोड़ ७५ लाख मानिसलाई लाभ भएको छ। यस सेवामा कुनै लापरवाही नहोस् यसको निम्ति आयोगको गठन गरिएको छ। त्यस आयोगले ६३ शिकायतहरूको निष्पादन गरेको छ। ५५ अस्पतालहरू विरूद्ध शिकायत गरियो। उनीहरूको लाइसेन्स रद्द गरिएको छ। जरिमाना पनि लगाइएको छ। अब ९९ प्रतिशत नानी अस्पतालहरूमा जन्मिरहेका छन्। यसलाई छिट्टै नै सय प्रतिशत गर्ने लक्ष्य लिएर राज्य सरकारले काम गरिरहेछ। उनले सोमवार विधानसभामा दुई क्यान्सर अस्पताल बनाउने घोषणा पनि गरिन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement