कालचिनीः केन्द्र सरकारले बंगालको बकाया मनरेगा र आवास योजनाको रकम नदिएकोले बंगालको जनसाधारण अहिले मर्कामा परेका छन्। केवल अलिपुरद्वार जिल्लामा मात्र सयदिने कामको प्रायः ४९२ करोड़ र बाङ्गला आवास योजनाको प्रायः ६७२ करोड़ रुपियाँको हिसाब केन्द्रले नदिएको तृणमूल नेताहरूले आरोप लगाएका छन्। स्मरण गराईन्छ, आगामी १० दिसम्बरको दिन मुख्यमन्त्री ममता ब्यानर्जी अलिपुरद्वार जिल्लाको भ्रमणमा आउनेछिन् भने आगामी लोकसभा चुनाउको माहौल साथै केन्द्रको भाजपा सरकारको विरुद्ध बंगाललाई गोलबन्द गर्न तृणमूलले विभिन्न राजनैतिक कार्यक्रमहरुको तर्जुमा गरेका छन्। यसै क्रममा मनरेगा र आवास योजनाको रकमको दाबीलाई मुद्दा बनाएर तृणमूलले जिल्लादेखि ब्लक र अन्चल औ बूथ स्तरमा प्रतिवाद सभा अनि ऱ्यालीको आयोजना गर्दै आइरहेको छ। आइतबार यसै क्रममा कालचिनी खण्डको हेमिल्टनगञ्ज, गारोपाड़ा, डिमा एवम् अन्यान्य ठाउँहरूमा तृणमूलले प्रतिवाद सभा सम्पन्न गरेको थियो जसमा तृणमूल नेताहरूले भाग भएर सभामा सहभागी बनेको तृणमूल नेता हैदर अली अन्सारी र शंकर कुजूरले जनाएका छन्।











