बक्सा कोर जंगलबाट मानव कंकाल उद्धार

IMG-20230528-WA0320-5-300x172-1

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प पश्चिम डिभिजन अन्तर्गत पर्ने हेमिल्टनगन्ज रेञ्जको जंगलमा आइतबार बनकर्मीहरूले नियमित टहलदारी गर्दा जंगलको झाड़ीबाट मानव कंकाल उद्धार गरेका छन्। प्रायः २ महीना जति अघिको कुनै मृतकको कंकाल पूर्णरुपले सड़ेर केवल कंकाल मात्र रहेको उक्त शवलाई बनकर्मीहरूले बरामद गरेर पोस्टमार्टमको निम्ति पठाएको छ।
सम्भवतः जंगली जानवरको आक्रमणमा परेर ज्यान गुमाएका मान्छेको कंकाल हुनसक्ने तर यस सम्बन्धमा कुनै प्रकारको निखोज अभियोग बन विभाग र पुलिस समक्ष नरहेको बताईएको छ।

About Author

Advertisement