आफ्नै पार्टीको अध्यक्ष पदबाट इमरान खानले राजीनामा दिएपछि गौहर बने नयाँ अध्यक्ष

Imran-Khan-Gaur-Khan

इस्लामावाद: ब्यारिस्टर गौहर अली खान पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीको नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार उनी इमरान खानको स्थानमा पार्टी प्रमुखमा निर्विरोध भएका थिए। पीटीआईका संस्थापक क्रिकेट खेलाडी बनेका राजनीतिज्ञ र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान हुन्। उनले सन् १९९६ मा पार्टी गठन गरेका थिए। पीटीआई गठन भएदेखि इमरान खान यसको प्रमुख थिए। २७ वर्षपछि इमरानको स्थानमा अरु कसैलाई पीटीआईको अध्यक्ष बनाइएको यो पहिलो पटक हो।

पाकिस्तानको राष्ट्रिय समाचारपत्र डनको रिपोर्टका अनुसार पाकिस्तानको निर्वाचन आयोगको निर्देशन अनुसार पीटीआईमा संगठनात्मक चुनाव गराउनु आवश्यक थियो। त्यसो नगरे उनीबाट पार्टीको चुनाव चिन्ह ‘बल्ले’ फिर्ता हुनसक्नेछ। इमरान खान जेलमा रहेका र मुद्दाको सामना गरिरहेका कारण चुनावमा सहभागी भएनन्। यस्तो अवस्थामा उनले गौहर अली खानको नाम अगाडि राखेका थिए। गौहर भन्दा पहिले अध्यक्ष पदका लागि कसैको उम्मेदवारी परेको छैन। यस्तो अवस्थामा पाकिस्तानका ठूला वकिलमध्येकी एक ४५ वर्षीया गौहर पाकिस्तान तहरीक–ए–इन्साफको अध्यक्ष निर्वाचित भएका छन्। पीटीआईले आउँदो वर्ष फरवरीमा हुने पाकिस्तानमा गौहरको नेतृत्वमा मात्र चुनाव लड्न सक्छ।

पीटीआईको कानूनी सेलसँग सम्बद्ध गौहर खानले इमरान खानको अनुपस्थितिमा मात्रै यो जिम्मेवारी पूरा गरिरहेको बताए। उनले भने, ‘मेरो लागि इमरान खान पाकिस्तान तहरीक-ए-इन्साफको अध्यक्ष हुन् र रहनेछन्। इमरान खान नआएसम्म म आफ्नो जिम्मेवारी पूरा गर्नेछु र फर्किएपछि यो जिम्मेवारी उनलाई फिर्ता गर्नेछुl’ अहिले इमरान खानविरुद्ध तोशखाना मुद्दालगायत धेरै मुद्दा चलिरहेका छन्l  उनी सेप्टेम्बरदेखि जेलमा छन्। उनलाई रावलपिंडीको अडियाला जेलमा राखिएको छ। इमरान खानले जेलबाटै पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसालाई पत्र लेखेका छन्। इमरानले आफ्नो पार्टीका कार्यकर्तालाई लगातार दुर्व्यवहार भइरहेको बताएका छन्। उनले आफ्ना पार्टीका कार्यकर्तामाथि भएको दुर्व्यहारका घटनालाई ध्यानमा राखी आवश्यक कारबाही गर्नुपर्छ। इमरान र अन्य पीटीआई नेताहरूले लगातार आफ्नो पार्टीका कार्यकर्ताहरूलाई अपहरण गरी राजनीतिक उत्पीडनको शिकार बनाइएको आरोप लगाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *