चुनाउ प्रचारको निम्ति जानु तीर्थयात्रा जस्तो: मुख्यमन्त्री सरमा

himanta_vishwa_sarma-sixteen_nine.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशल मीडियाको माध्यमले उनको निम्ति विभिन्न राज्यहरूमा चुनाउको निम्ति हालको प्रचार अभियानमा यात्रा कार्यक्रम कुनै तीर्थयात्राभन्दा कम थिएन भनेका छन्।

उनले भने, आफ्नो राजनीतिक जीवनमा पहिलो पल्ट उनले पूर्वोत्तर बाहिर विभिन्न स्थानहरूको यात्रा गरे औं ७९ जनसभा र धेरै नुक्कड़ सभाहरूलाई सम्बोधित गरे। उनलाई लाग्छ, भारतीय जनता पार्टी परिवारको कार्यकर्ताको रूपमा उनको पुनर्जन्म भएको छ।

उनले भने, यस अवधि उनी जहाँपनि गए उनले आफ्नो देशका यशस्वी प्रधानमन्त्री नरेन्द्र मोदीप्रति मानिसहरूको अपार प्रेम र विश्वास देखेका छन्। उनले ती स्थानहरूमा अभूतपूर्व विकास पनि देखेका छन्। यी क्षेत्रहरूमा तीव्र गतिमा गरीबी घटिरहेछ र मानिसहरूको जीवन स्तरमा पनि भारी सुधार भएको छ। भारत वास्तवमा एक नयाँ युगमा प्रवेश गरिसकेको छ। सर्वशक्तिमान भगवानले भारतलाई यो नयाँ यात्रा जारी राख्ने आशीर्वाद दिउन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement