खरसाङ: वर्तमान समयमा पहाड़ अनि गोर्खा जातिको सोचनीय अवस्था र पहाड़मा सञ्चालित व्यवस्था जीटीएको असक्षमता र असफलताबारे सम्पूर्ण पहाड़ र पहाड़वासीलाई आवगत भएकै कुरो हो भनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भूपेन्द्र गुरुङले बताएका छन्। उनले आज आफ्ने बयान जारी गर्दै भनेका छन् कि बंगाल सरकारले गोर्खाजाति बिरूद्ध षड्यन्त्र रचेको जान्दा जान्दै पनि चुई पनि बोल्न नसक्ने सत्ता पक्षका नेताहरू र क्षमताबिनाको व्यवस्था बाँदरको पुच्छरभन्दा कुनै अत्युक्ति नहुने जस्तो व्यवस्था र गोर्खाजातिको वर्तमानको सोचनीय अवस्थाबाट निकास पाउनको निम्ति गहनताको साथ सोच्ने समय आएको छ भनी बताएका छन्। यसै सन्द्रर्भमा २०१९ को लोकसभा चुनावमा भाजपा पार्टीको संकल्प पत्रमा उल्लेख गरिएको गोर्खा जातिको निम्ति स्थायी राजनैतिक समाधान र गोर्खा जातिलाई जनजातिको दर्जा दिने मुद्दामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले भारतको केन्द्र सरकारसँग सम्पर्कमा रहेर मुद्दालाई अघाड़ी लिएर काम गरिरहेको छ भनी बताए। उनले वर्तमान केन्द्र सरकारको कार्यकालभित्र गोर्खा जातिले न्याय पाउन सक्ने मौका छ भन्दै यो मौकामा गोर्खा जातिले आफ्नो माटोको संवैधानिक अधिकार भएको संवैधानिक व्यवस्था आजको परिप्रेक्ष्यमा हाँसिल गर्ने ठूलो उपलब्धि हुनेछ र त्यसको निम्ति छैटौं अनुसूची जस्तो क्षमतावान व्यवस्था सही ठहर्दछ जो गोर्खाल्याण्ड निर्माणको निम्ति धरातल हो भनी बताए। भुपेन्द्र गुरूङले भनेका छन् -भारतवर्षमा सर्वप्रथम गोर्खा जातिको निम्ति गोर्खाल्याण्डको आवाज उठाउने गोर्खाल्याण्डको जन्मदात्ता गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङ हुन् र आजपर्यन्त गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको मूल मुद्दा गोर्खाल्याण्ड नै भए पनि देश, काल र परिस्थितिले सोझै गोर्खाल्याण्ड हुने सम्भावना छैन जतिकै छ र विगत २००७ देखि आजसम्म गोर्खा जातिले केही पनि हाँसिल गर्न नसकेको पनि गोर्खा जातिले पाईसकेको छैटौं अनुसूचीको व्यवस्थालाई २००७ मा बिरोध गरेर नै हो। अब पनि एउटा मौका छ त्यो मौका भने अब हामी गोर्खा जातिले चुकाउनु हुँदैन। गोर्खाल्याण्ड अथवा युटी हुन नसकेको खण्डमा गोर्खा जातिको माटो र गोर्खाजातिलाई सुरक्षा दिनसक्ने अनि विधानपालिकाको क्षमता भएको संवैधानिक व्यवस्था छैटौं अनुसूचीको मांग नै समय सापेक्ष रहेको छ भनी बयान जारी गर्दै आगमी ६ दिसेम्बर गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको तत्वधानमा सम्पन्न हुने छैटौं अनुसूची सम्झौता दिवस कार्यक्रम खरसाङ गोर्खा जनपुस्तालय भवनमा सबै सबैलाई हार्दिक निमन्त्रणा जनाउँदै उपस्थित भई दिने आव्हान् गरेका छन्।








