बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा प्रेमी पक्राउ

Capture-1.jpg

सिलगढी: बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध बनाएको आरोपमा महिला थाना पुलिसले प्रेमीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका प्रेमीको नाम इम्तियाज अली बताइएको छ। तिनी भक्ति नगर थाना अन्तर्गत असरफ नगर निवासी हुन्। प्राप्त जानकारी अनुसार इम्तियाज अलीको एउटी युवतीसित प्रेम सम्बन्ध थियो। इम्तियाज अलीले सो युवतीलाई प्रेमको जालमा फँसाकर बिहे गर्ने सपना देखाएर सेप्टेम्पर महिनामा एउटा होटलमा लगेर तिनीसित शारीरिक सम्बन्ध बनाएको आरोप रहेको छ। यसपछि इम्तियात अली उक्त युवतीदेखि टाढा भाग्न थालेपछि युवतीले गत २८ तारिक महिला थानामा प्रेमीविरुद्ध लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका महिला थाना पुलिसले प्रेमी इम्तियाज अलीलाई असरफ नगर इलाकाबाट पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement