आर्चर तरूणदीप राईले गरे नाम्चीका विद्यार्थीहरूसँग अन्तक्रिया

IMG-20220721-WA0185.jpg

गान्तोक: ओलम्पियन आर्चर तरूणदीप राईले नाम्ची कन्या उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग अन्तक्रिया गरे। नाम्ची कन्या उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित अन्तक्रिया कार्यक्रममा विभिन्न विभागका अधिकारीवर्गले सहभागिता जनाएका थिए।

यस कार्यक्रम आयोजना गरिनुको मुख्य कारण आर्चर राईसँग विद्यार्थीहरूलाई अन्तक्रिया गराए खेलकूद सम्वन्धिबारे सचेतना गराउनु रहेको छ। खेलकूदमा रूची राख्ने मानिसहरूले के कस्तो खानेकुरा खानु पर्छ भन्नेबारेमा राईले जानकारी गराए। राईले कसरी स्वास्थ्य जीवन विताउन सकिन्छ भन्नेबारेमा पनि अवगत गराए। यस अवसरमा उनले आफ्नो खेलकूदको अनुभव साथै यात्राबारे पनि बताए। कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement