पूर्व मन्त्री तथा एसडीएफ-का नेता भीम ढुङ्गेलले पार्टीबाट दिए राजिनामा

IMG-20220721-WA0186.jpg

गान्तोकः तीन लाइनको पत्र लेखेर पूर्व मन्त्री तथा वरिष्ट नेता भीम ढुङ्गेलले विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीबाट राजीनामा दिएका छन्। उनले आज पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई उक्त पत्र पठाएका हुन्। ढुङ्गेलको राजीनामा पत्र बिहानदेखि नै सामाजिक सञ्जालमा निक्कै भाइरल भइरहेको छ। उनको राजीनामा पत्र अप्रत्यासित रुपमा छोटो हुनको साथै राजीनामाको सट्टा सम्बन्ध विच्छेद शब्दको प्रयोगले पनि यसरी चर्चा पाएको हो। कुनै समय तत्कालीन मुख्यमन्त्री पवन चामलिङको नजिकको मानिने भीम ढुङ्गेलले राजीनामा तथा सम्बन्ध विच्छेद पत्रमा पार्टी त्याग्नुको कुनै कारण उल्लेख गरेका छैनन्। केवल एसडीएफ पार्टीको संविधानको धारा १०को उपधारा ग-लाई प्रयोग गरेर पार्टीबाट सम्बन्ध विच्छेद गरिदिया जावोस भनेर अनुरोध गरेका छन्। उल्लेखनीय छ, वर्ष २०१९को चुनाउमा हारेर सत्ताच्यूत भएपछि नै भीम ढुङ्गेल एसडीएफ पार्टीमा त्यति सक्रिय थिएनन्। त्यस समय उनी पार्टीको उपाध्यक्ष (प्रशासनिक मामिला) पदमा आसिन थिए। एसडीएफ पार्टीका अन्य वरिष्ट नेताहरू जस्तै भीम ढुङ्गेल पनि सत्तारुढ़ एसकेएम पार्टीमै जानसक्ने राजनीतिक पण्डितहरूले अनुमान लगाएका छन्।

About Author

Advertisement