डा. एल. पी शर्मा बने भारत तिब्बत सहयोग मञ्चका अध्यक्ष

IMG-20220721-WA0182.jpg

गान्तोक: आज गान्तोकको एक होटलमा भएको बैठकमा भारत तिब्बत सहयोग मञ्च (बीटीएसएम) सिक्किमका कार्यकारिणी सदस्यहरूले लिएको निर्णयमा डा. एल. पी शर्मालाई भारत तिब्बत सहयोग मञ्चको सिक्किम च्याप्टरको अध्यक्षको पदमा मनोनित गरिएको छ।

उल्लेखनीय छ, डा. एल. पी. शर्मा एक टेक्नोलोजी वैज्ञानिक हुन् जसले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा आफ्नो अनुसन्धान प्रकाशन र प्रस्तुति, दिइसकेका छन् भने उनले यी विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा सिक्किमको प्रवर्द्धन पनि गरेका छन्।

शर्मा शिक्षा आइकन पुरस्कार, राज्य पुरस्कार विजेता र सिक्किममा विभिन्न प्राविधिक-सामाजिक कार्यहरूमा सक्रिय पहलहरूका लागि परिचित छन्।

स्मरण गराइन्छ, बीटीएसएम निवर्तमान अध्यक्ष प्रो. रूद्र पौड्यालले अध्यक्ष पदबाट राजिनामा दिएपछि आज नयाँ अध्यक्ष चयन गरिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *