ढुंगाले भरिएको गुडिरहेको डम्परमा अचानक आगलागी

IMG-20231130-WA0101.jpg

जलपाईगुडी: ढुङ्गाले भरिएको चलिरहेको डम्परमा अचानक आगो लाग्यो। बैकुन्थुपुर डिभिजन, काठम्बरीको अफलचन्द रेन्जको काठम्बरी साइडमा रहेको चेक पोस्ट नजिकै उक्त घटना भएको हो। ओदलाबारीबाट चङ्गारबान्धतर्फ जाँदै गरेको ढुंगाले भरिएको डम्परमा अचानक आगलागी भएको हो। केही बेरमै पूरै गाडीमा आगो लाग्यो।

दमकललाई खबर गरेपछि दमकलले आगो नियन्त्रणमा लिएको थियो। घटनास्थलमा क्रान्ति पुलिस पुगिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement