गान्तोक: कामकाजी आमाहरूलाई सुविधा दिने उद्देश्यले राज्य सरकारको सचिवालय टाशीलिङमा बाल हेरचाह केन्द्र स्थापित गरिएको छ। महिला तथा बाल विकास विभागद्वारा स्थापित यस केन्द्रको आज विभागका मन्त्री सञ्जित खरेलले उद्घाटन गरे। बाल हेरचाह केन्द्र सिक्किम सरकारको एक विशेष पहल हो जसको उद्देश्य कामकाजी अभिभावकलाई कामको समय आफ्ना नानीहरूको हेरचाहका लागी सुरक्षित र सुविधायुक्त वतावरण प्रदान गर्नु रहेको छ। उद्घाटन कार्यक्रममा महिला एवं बाल विकास विभागका सचिव श्रीमती गंगा पी प्रधान, गृह विभागका श्रीमती टाशी छोछो, ग्रामीण विकास विभागका सचिव छेवाङ ग्याछो, प्रोटोकलका सचिव श्रीमती छेडेन लादिङ्पा साथै अन्य अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।









