सिलगढी: सिलगढी थाना पुलिसले छिनताई गर्ने दुई दम्पतिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका दम्पतिहरू बापी कर्मकार (४०) र सञ्चिता कर्मकार (३८) सामेल छन्। प्राप्त जानकारी अनुसार सिलगढीमा गत केही दिनदेखि छिनताई घटना घटिरहेको छ। गत 9 नोभेम्बरमा सिलगढीको ३० नम्बर वार्डको देशबन्धुपाडा इलाकामा एउटी वृद्धा महिलाको सुनको चेन छिनताई भएपछि घटनाबारे सिलगढी थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले छिनताई गर्ने दुई दम्पतिबारे थाहा पाएपछि गत राति अभियान चलाएर कावाखालीबाट तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले दम्पतिबाट चोरी गरेको सुनको चेन पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच सुरू गरेको छ।









