कोलकाता पुगे केन्द्रिय गृहमन्त्री अमित शाह

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः केन्द्रिय गृहमन्त्री अमित शाह महानगरको धर्मतल्ला क्षेत्रमा आयोजित विशाल जनसभालाई सम्बोधित गर्न कोलकाता पुगिसकेका छन्। हवाई अड्डामा प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदार, नेता प्रतिपक्ष शुभेन्दु अधिकारी सहित पार्टीका अन्य नेताहरूले उनको स्वागत गरेका छन्।

उनी त्यहाँबाट सड़क मार्गबाट ऱ्याली स्थलको निम्ति हिँड़ेका छऩ्। बाटोमा उनको स्वागतको निम्ति भाजपाले सैकड़ौं ब्यानर्स, पोस्टर्स लगाएको जसमा शाहको फोटोहरूको साथ स्वागतम लेखिएको छ। यस बाहेक सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसले पनि धेरै ठाउँ ब्यानर्स लगाएको छ, जसमा ‘मोटा भाई भोट छैन’ लेखिएको छ।

अमित शाहको यात्रालाई केन्द्र गरी हवाई अड्डादेखि लिएर कार्यक्रम स्थलसम्म सुरक्षाको ठोस व्यवस्था गरिएको छ। केन्द्रिय एजेन्सीहरूका जवानहरूले कोलकाता पुलिसको साथ तालमेल गरी सुरक्षा सुनिश्चित गरेका छन्। यसबीच शाह कार्यक्रम स्थलको निम्ति हिँड़िसकेका छन्।

-हिस

About Author

Advertisement