सिनिको पहल औ ब्लक प्रशासनको सहयोगितामा ६ जना स्कूलछुट विद्यार्थीहरुले पाए भर्ना

IMG-20220721-WA0179.jpg

कालचिनी: चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको पहल औ कालचिनी ब्लक प्रशासनको सहयोगितामा एवम् कन्याश्री क्लबको सक्रियतामा आज दलसिंहपाड़ा क्षेत्रको ६ जना स्कूल छुटेका ड्पआउट विद्यार्थीहरुलाई दलसिंहपाड़ा स्थित श्रीगणेश विद्यालयमा भर्ना गराईएको जानकारी कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत सिनिको पक्षबाट प्रिया हल्दारले संयुक्त रुपमा जनाएका छन्। आज यस क्रममा दलसिंहपाड़ा क्षेत्रका ती ६ जना छात्रीहरु क्रमैले नन्दिनी साहलाई कक्षा ९ मा चाँदनी साहलाई कक्षा 5 मा प्रितिका लोहारलाई कक्षा ६ मा अनामिका उराँवलाई कक्षा ९ मा रितिका बढ़ाईकलाई कक्षा ५ मा र रोशनी धोबीलाई कक्षा ५ मा भर्ना गराईएको बताईएको छ।
कोरोना महामारीको कारण लकडाउनको समय आर्थिक स्थिति दयनीय भईरहेको स्थितिमा यी छात्राहरू अर्थ उपार्जनतर्फ लाग्न बाध्य भएकोले स्कूल छोड़्न बाध्य बनेको पारिवारिक सुत्रबाट थाह लागेको छ। तर वर्तमान समय पुनः सामान्य बनेकोले कोही पनि विद्यार्थीहरुको स्कूल नछुटोस भन्ने उद्देश्यले सरकार साथै एनजीओ संघ संस्थाहरु लागिपरेकोले यो प्रकृया चलिरहेको बताईएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *