कालचिनीः आज जहाँ एकातिर कलकत्तामा भाजपाले राज्य सरकार विरुद्ध महाप्रतिवाद ऱ्याली सम्पन्न गरे त्यहीँ अर्कोतिर बुधबार तृणमूल युवा कंग्रेसको पक्षबाट कालचिनीको पुरानो डाकघरमा मनरेगाको कामबाट बंगाललाई वन्चित गराएको अनि चियाकमानको विद्यार्थीहरूलाई टी बोर्डबाट दिइने बार्षिक छात्रा भत्ता रोकेको एवम् बंगालले पाउने ७ सय करोड़ भन्दा धेरै रकम नदिएको भन्दै गृहमन्त्री अमित शाहलाई प्रायः २०० जनाले अलग अलग पत्राचार गरिएको जानकारी तृणमूल युवा कंग्रेसको ब्लक सभापति पवन योल्मोले जनाएका छन्। यस अवसरमा तृणमूल कंग्रेसको अलिपुरद्वार जिल्ला महासचिव असिम पाख्रिन लगायत अन्यान्य युवा समर्थकहरूको सहभागिता रहेको थियो।
उक्त अवसरमा उपस्थित तृणमूल जिल्ला नेता असिम पाख्रिनले जसले भ्रष्टाचार गऱ्यो उसलाई सजाय देउ तर यसको सजा किन गरीब जनसाधारणले भोग्न परेको भन्दै भाजपाले बंगालमा केवल भोटको राजनीति गरिरहेको र बंगालका जनसाधारणलाई मनरेगाको कामदेखि वन्चित साथै चियाकमानको विद्यार्थीहरूलाई टी बोर्डबाट पाउने सुविधा पनि बन्द गर्ने यही केन्द्र सरकार रहेको र यसको जवाफ आगामी लोकसभा चुनाउमा भाजपाले भोग्ने बताए। गरीबको दुश्मन भाजपाको केन्द्र सरकारले यो अत्याचार गरिरहेको र उल्टा बंगालको जनतालाई ढाँट्न आज फेरि कोलकत्तामा केन्द्रिय गृहमन्त्री अमित शाह आएकोले आज तृणमूल युवा कंग्रेसको पक्षबाट तिनलाई नै चिट्ठी पठाउ अभियान अन्तर्गत कालचिनी डाकघरबाट २०० भन्दा अधिक चिट्ठी पठाएको पवन योल्मोले थप जनाएका छन्।









