अन्चलहरूमा तृणमूलको ऱ्याली हुने

abe14845-49ba-4164-af67-c629cdf81d0d

कालचिनीः आगामी २ र ३ दिसम्बदेखि तृणमूलले अलिपुरद्वार जिल्लाको प्रत्येक ब्लक अधीनस्थ रहेको अन्चलहरूमा मनरेगा र आवास योजनाको काम केन्द्र सरकारले अवरोध गरेर राखेको विरोधमा ऱ्याली औ पथसभा गर्ने भएको छ। बुधबार यस सन्दर्भमा चुवापाड़ा अन्चलमा एउटा सभा सम्पन्न भएको जानकारी तृणमूल नेता हैदर अली अन्सारीले दिएका छन्।
उक्त सभामा तृणमूल कालचिनी ब्लक कमिटीको उपाध्यक्ष ओमदास लोहार लगायत चुवापाड़ा अन्चल सभापति सबीर लोहार एवम् अन्यान्य बूथ नेताहरूको उपस्थिति रहेको थियो। मूलतः तृणमूल उच्चकमानको निर्देश र अलिपुरद्वार जिल्ला कमिटीको देखरेखमा आगामी २ दिसम्बरदेखि प्रत्येक अन्चलहरूमा तृणमूलको ऱ्याली र पथसभा हुने भएकोले यो तयारी सभा सम्पन्न गरिएको हैदर अली अन्सारीले जनाएका छन्।

About Author

Advertisement