कोलकाताः केन्द्रिय गृह मन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता अमित शाहको बुधवार कोलकातामा हुने ऱ्यालीको मध्यनजर पुलिसले सबै सावधानी कदम उठाएको छ। एक वरिष्ठ अधिकारी अनुसार, उपायुक्त र सहायक आयुक्त ऱ्याङ्कका वरिष्ठ अधिकारीहरू सहित एक हजारभन्दा धेरै पुलिसकर्मी एस्प्लेनेड क्षेत्रमा तैनात रहनेछन्, जहाँ शाहले ऱ्यालीलाई सम्बोधित गर्नेछन्। पुलिस अधिकारी अनुसार, शाहको ऱ्याली शान्तिपूर्ण ढंगमा सम्पन्न होस् यसको निम्ति हामीले व्यापक कदम उठाएका छौं। वरिष्ठ पुलिस अधिकारीले सुरक्षा व्यवस्थाको निगरानी गर्नेछन्। सुरक्षा व्यवस्थाको सन्दर्भमा कार्यक्रम स्थललाई छह क्षेत्रहरूमा विभाजित गरिएको छ, जुन छह उपायुक्तहरूको निगरानीमा हुनेछ।
सहायक आय़ुक्त र अन्य पुलिस कर्मीले उपायुक्तको सहायता गर्नेछन्। शहरमा यातायातलाई सुचारू राख्न व्यापक व्यवस्था गरिएको छ, यद्यपि, ऱ्यालीको मध्यनजर आरआर एवेन्यू, डोरिना क्रसिङ, बेन्टिक स्ट्रीट र वाटरलू स्ट्रीटमा यातायात केही घण्टाको निम्ति बन्द रहनेछ। हामीले मानिसहरूलाई बिहान ११.३० बजीदेखि साझँ ४.३० बजीबीच शहरको बीच भागमा सड़कहरूमा आवाजाहीदेखि जोगिने सुझाउ दिएका छौं। राज्य प्रशासनले शुरूमा त्यस स्थानमा भाजपाको ऱ्यालीको विरोध गरेको थियो, जहाँ सत्तारूढ़ तृणमूल कांग्रेसले हरेक साल २१ जुलाईमा आफ्नो शहीद दिवस ऱ्याली आयोजित गर्दछ। यद्यपि, पछि कलकत्ता उच्च न्यायालयको एकल बीठ र खण्डपीठ दुवैले भाजपालाई आयोजनको निम्ति अनुमति दिएको थियो।
-हिस









