दक्षिण अण्डमान सागरमा बनियो निम्न चाप, केही तटीय क्षेत्रहरूमा हुनसक्छ वर्षा

am_523

नयाँ दिल्लीः दक्षिण अण्डमान सागर र योसित टाँसिएको दक्षिण-पूर्व बङ्गालको खाड़ीमाथि निम्न चाप क्षेत्र बनिएको छ। यसले गर्दा यस वरपरका क्षेत्रहरूमा आगामी दुई-तीन दिनमा तीव्र हावा चल्ने तथा वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। बुधवार भारत मौसम विज्ञान विभागले बतायो, दक्षिण अण्डमान सागर र यसको वरिपरी चक्रवाती हावाको क्षेत्र बनिएको छ। यो पश्चिम-उत्तर-पश्चिम तर्फ बढ़्नका साथै बङ्गालको दक्षिण-पूर्व खाड़ीमा कम दबावमा परिणत भएको छ।

विभागीय अधिकारीहरू अनुसार अण्डमान एवं निकोबरमा चक्रवाती तूफानको जोखिम मड़ारिरहेको छ। ३० नोभेम्बरसम्ममा सम्भावित तूफानबाट प्रभावित समुद्री तटवर्ती क्षेत्रहरू लगायत देशका अऩ्य भागहरूमा पनि मौसम परिवर्तन हुनसक्छ। यसको कारणले आगामी दुई दिनसम्म यी क्षेत्रहरूमा घना वर्षा हुनसक्छ। यस अतिरिक्त मौसम विज्ञान विभागले ताजा पश्चिमी विक्षोभको कारणले उत्तर पूर्व क्षेत्रहरूको मौसममा पनि परिवर्तन आउने सम्भावना व्यक्त गरेको छ। आगामी ४८ घण्टामा हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। यसको साथै मध्यप्रदेश, विदर्भमा पनि आगामी दुई दिनसम्म वर्षा हुनक्छ।

अण्डमान सागरमा बनिएको निम्न चापको कारणले योसित टाँसिएका राज्यहरूमा आगामी पाँच दिनसम्म वर्षा हुने सम्भावना छ। तमिलनाडु, केरल, पुदुचेरी, कराईकल, माहेमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। अण्डमान एवं निकोबारमा ४०-६० किलोमीटर प्रतिघण्टाको विगले हावा चल्नका साथै भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। यसैले यी क्षेत्रहरूमा मछुआराहरूको निम्ति चेताउनी जारी गरिएको छ। मछुआराहरूलाई आगामी १ जनवरीसम्म समुद्रमा नजाने र यदि गएका छन् भने पनि ३० नोभेम्बरसम्ममा फर्किने सल्लाह दिइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement