अमित शाहले भने- ममता दिदीको पराजय निश्चित

shah_612

कोलकाताः केन्द्रिय गृहमन्त्री अमित शाहले कोलकाता दौड़ाहपूर्व मुख्यमन्त्री ममता ब्यनर्जीमाथि तीव्र प्रभार गरेका छन्। माइक्रो ब्लगिङ्ग साइट एक्स (पूर्व ट्विटर)-मा पोस्ट गरी उनले भनेका छन्, हिजोआज भाजपा बङ्गालका मानिसहरूको सबैभन्दा मनपर्ने पार्टी भएको छ।

उनले लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा हाल बङ्गालको पहिलो मनमर्ने राजनीतिक पार्टी हो। आगामी चुनाउमा भाजपाको जय र ममता दीदीको तृणमूल कङ्ग्रेसको पराजय निश्चित छ। आज कोलकातामा विरोध सभालाई सम्बोधन गर्नेछु।”

-हिस

About Author

Advertisement