सिलक्याराका श्रमवीर दीपकको परिवारमा खुसी, पिताले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे

nat

पटनाः उत्तराखण्डको उत्तरकाशीमा निर्माणाधिन सिलक्यारा सुरूङ्गमा फसेका सबै ४१ मजदूरहरूलाई १७औं दिनमा गए मङ्गलवार राती सुरक्षित बाहिर निकालिएपछि सारा देशमा खुसीको माहौल छ। उक्त सुरूङ्भित्र बिहारका पाँचजना श्रमिकहरू फसेका थिए। मुजफ्फरपुर जिल्लाका दीपकका पिता शत्रुधन रायले बुधवार छोरासित कुरा गरेपछि ‘हिन्दुस्थान समाचार’-सित भने, ‘उत्तरखण्ड सरकार सहित पुलिस जवान, केन्द्र सरकार औ आदरणीय प्रधानमन्त्रीलाई मेरो हात जोड़ेर प्रणाम।’

रायलेभने, अथक प्रयास गरेर टनलभित्र फसेका सबै श्रमिकहरूलाई सकुशल निकालेको छ। हामी धेरै चिन्तित भएका थियौं, तर आशा छोड़ेका थिएनौं। सरकारको श्रेष्ठ पहल अनि सबैको मिहेनतले सबैलाई जीवनदान दिएको छ। छोरासित कुरा गरेर म धेरै खुसी छु। अब उसलाई कहीँ पठाउने छुइनँ। सारण जिल्लाका सोनू साहका माता-पिताको भनाइ छ, छोराको नयाँ जन्म भएको छ। हामी आफ्नो छारोका आशामा कहिल्यै पनि चैनको निन्द्रा सुतेनौं। हामी केन्द्रको मोदी र उत्तराखण्ड सरकारलाई धन्यवाद दिन्छौं। हाम्रो छोरा सकुशल सुरूङ्गबाट बाहिर आएको छ।

भोजपुर जिल्लाका श्रमिक सबा अहमदका पिता मिस्बाह अहमदले सुरूङ्गमा फसेका श्रमिकहरूलाई निकाल्नका लागि भएको बचाउ अभियानसित सम्बन्धित क्षण-क्षणको समाचार आफ्नो मोबाइल फोनको माध्यमबाट लिरहेका थिए। उनले बताए, छोरा सकुशल बाहिर आउने प्रतीक्षामा थियौं। त्यो शुभ घड़ी आएको छ। मेरो छोरा सबा घरको एकमात्र कमाउने छोरा हो। छोरा सुरूङ्गभित्र फसेको समाचार पाएपछि हामी उदास र निराश भएका थियौं। बाँका जिल्लाका वीरेन्द्र किस्कूका परिवारले बताए, सुरूङ्गमा फसेको सूचना पाएर उनकी पत्नी स्तब्ध भएकी थिइन्। तर चाँड़ै नै तिनले आफूलाई सम्हालिइन्। त्यसपछि आफ्ना पतिलाई घर फर्काउने दृढ़ सङ्कल्प बोकेर उत्तरकाशी तर्फ प्रस्थान भइन्। हामी केन्द्र र उत्तराखण्ड सरकारलाई धन्यवाद दिन्छौं।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement