केन्द्रिय गृहमन्त्री शाहको कोलकातामा आज जनसभा

IMG-20230410-WA0169-11-300x172-9

कोलकाताः केन्द्रिय गृहमन्त्री एवं भाजपाका शीर्ष नेता अमित शाहले आज, बुधवार कोलकाता महानगरको धर्मतल्ला क्षेत्रमा ठूलो जनसभालाई सम्बोधित गर्नेछन्। यस स्थानको विशेष महत्त्व रहेको छ। यो ठाउॅं सत्तारूढ पार्टी तृणमूल कांग्रेसको विशाल शहीद दिवस कार्यक्रमको निम्ति चिनिन्छ।

भाजपा नेता र केन्द्रिय गृहमन्त्री शाहको निम्ति ६० फुट फराकिलो मञ्च तयार गरिएको छ। यसमा उनीसॅंग ग्रामीण विकास मन्त्री गिरिराज सिंह र साध्वी निरञ्जन ज्योति पनि उपस्थित रहनेछन्। गृहमन्त्रीको जनसभामा सामेल हुनका लागि बंगालभरिबाट कार्यकर्ताहरू यहॉं भेला हुनेछन्। हावड़ा र सियालदह स्टेनशनहरूमा भाजपाले क्याम्प लगाएका छन्। यहॉं पुग्ने कार्यकर्ताहरूको निम्ति भोजनका साथै कार्यक्रम स्थलसम्म पुग्ने व्यवस्था गरिएको छ। बिहानदेखि नै हावड़ा र सियालदह स्टेशनहरूबाट भारी संख्यामा कार्यकर्ताहरू धर्मतल्ला प्रस्थान भइरहेका छन्।

यस कारण हावडा ब्रिज र अन्य ठाउॅंहरूमा जाम लागेको छ। एयरपोर्टदेखि लिएर कार्यक्रम स्थलसम्म शाहको स्वागतमा भाजपाले फेसटून, पोस्टर र ब्यानहरू लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement