सिलक्यारा रेस्क्यूको सफलताको पहिलो बिहानी, धामीले बाबा बौख नागसॅंग गरे प्रार्थना

00-1-Rashtriya-Samachar-25-3

नयॉं दिल्लीः देशको हिमाली राज्य उत्तराखण्डमा उत्तरकाशीको सिलक्यारामा निर्माणाधीन सुरुङबाट हिजो (मंगलवार) राति सबै ४१ श्रमिकहरूलाई सकुशल बाहिर निकालिएको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले आज सबैभन्दा पहिला बाबा बौख नागसॅंग प्रार्थना गरेर आफ्नो बिहानीको शुरूवात गरेका छन्। उनले बाबासॅंग सबैमाथि कृपा दृष्टि बनिरहोस् भनी प्रार्थना गरेका छन्।

मुख्यमन्त्री धामीले आफ्नो एक्स ह्यान्डलमा बाबा बौख नाग समक्ष प्रार्थना गरिरहेको फोटो साझा गरेर लेखेका छन्, ‘जय बाबा बौख नाग! बाबाको कृपादृष्टि सबै भक्तजनमाथि बनिरहोस्। यस्तो कामना गर्दछु।’ हिजो राति उनले भनेका थिए, ‘यो धैर्य, परिश्रम र आस्थाको जीत हो।’ मुख्यमन्त्रीले सुरुङबाट बाहिर आएका श्रमिकहरूलाई अङ्गालो हालेर अभिनन्दन गरेका थिए।

उल्लेखनीय छ, सुरुङभित्र फसेका श्रमिकहरूलाई बाहिर निकाल्ने बचाउ अभियान १७ दिनसम्म चल्यो। यस अभियानमाथि प्रधानमन्त्री नरेन्द्र मोदीले निरन्तर ध्यान दिइरहेका थिए। प्रधानमन्त्रीले सुरुङबाट बाहिर आएका श्रमवीरहरूसॅंग कुराकानी गरेर उनीहरूको स्वास्थ्यको बारेमा जानकारी लिए।

About Author

Advertisement