सांसद राजु बिष्टले गरे पोचोक-गीतडब्लिङ क्षेत्रको भ्रमण

242a9c81-9e7e-4413-b2c7-286c76e0a72a

कालेबुङ: आज  कालेबुङ जिल्लाका नैसर्गिक सौन्दर्यले भरिपूर्ण पोचोक-गीतडब्लिङ क्षेत्र – लोअर बेयोङ, नेटवर्क डाँड़ा, पोचोक, नोक डाँड़ा बजार (शुभ बजार) गुम्बा डाँड़ा, कोलबोङ अनि अन्य गाउँहरूमा बसोबासो गर्ने जनसाधारणसँग अन्तर्क्रिया गर्ने, तथा उनीहरूका चिन्ता अनि आकांक्षा-अपेक्षाहरू सुन्ने सुअवसर पाएको दार्जीलिङ सांसद राजु बिष्टले जानकारी गराएका छन्।

तिनले एउटा विज्ञप्ती जारी गर्दै भने, यो समग्र क्षेत्र अत्यन्तै सुन्दर दृश्यहरूले भरिएको छ अनि यसमा कृषि र ग्रामीण पर्यटनको केन्द्र बन्ने सबै सम्भाव्यता छ। तर, लगभग १२ गाउँका निवासीहरू अत्यन्तै खराब सड़क सम्पर्कताको समस्याले ग्रसित छ। यो एक यस्तो चुनौती हो जसलाई  जीटीए र पश्चिम बङ्गाल सरकार दुवैले बेवास्ता गरेका छन्।

यस महत्त्वपूर्ण आवश्यकताको सन्दर्भमा त्यहाँ प्रधानमन्त्री ग्रामीण सड़क योजना (PMGSY) मार्फत आठ जरुरी सड़कहरूको निर्माणका लागि मन्जूरी प्राप्त गर्न मैले गरिरहेको प्रयासबारे त्यहाँका निवासीहरूलाई जानकारी दिएँ। ती सड़कहरू नोक डाँड़ादेखि पोचोक पासाबोङ-२, समाबेयोङ जीपी देखि गीत खोला पुल, नोक डाँड़ा बजार देखि पासाबोङ कोलबोङ २, देउरालीदेखि पोचोक, चानडोङदेखि नोक डाँड़ा, गुम्बा डाँड़ादेखि नोक डाँड़ा, लुङसेल भञ्ज्याङ हुँदै देउरालीदेखि पोचक, अनि पोचोकदेखि चामडोङसम्म फिँजिएका हुनेछन्।  

यसका साथै, मैले प्रधानमन्त्री ग्रामीण सड़क योजना अन्तर्गत शेर्पा गाउँदेखि शेरमाली रोड़, पान डाँड़ादेखि कुमाई मोड़, गोरू बथान ब्लकअन्तर्गत कुमाई मोड़देखि टाङ्टा, कालदेन डाँड़ा हुँदै अम्बके गोलाईदेखि चारखोल फाटक, कालेबुङ १ ब्लकअन्तर्गत फ्याङटार कम्बल हुँदै हुनुमान फाटकदेखि चुईखिम, फुरजोन कमजेर हुँदै पेदोङ (रेशी रोड़) देखइ भालु मार्ग, नोक डाँड़ा हुँदै देउराली फाटकदेखि लावा, अनि लावा रोड़ (६ माइल) देखि कागेसम्म जोड़िने सड़क परियोजनाहरूका लागि काम गरिरहेको छु। एकचोटि मन्जूरी प्राप्त भएपछि यो बृहत योजनाको परिणामस्वरूप कालेबुङ जिल्लामा ३८ महत्त्वपूर्ण सड़कहरूको विकास हुनेछ।

हाम्रो दार्जिलङ पहाड़, तराई अनि डुवर्सको यस प्रकार कायाकल्प गर्न संकल्पबद्ध छु कि हाम्रो क्षेत्रका हरेक गाउँ सुनिर्मित सड़क सञ्जालले जोड़िएको होस्। हाम्रा युवाहरूलाई हाम्रो क्षेत्रमा नै राख्नका लागि ग्रामीण इलाकाहरूको विकास महत्त्वपूर्ण छ। म, हाम्रो समुदायको सतत् प्रगति अनि समृद्धिप्रति पूर्णतया समर्पित छु भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement