ब्राउन सुगर सहित दुई पक्राउ

IMG-20230410-WA0169-11-300x172-9

गान्तोक: पाकिम पुलिसले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा छोटा सिङताम निवासी आकश कार्की र सन बहादुर राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले थप जानकारी गराए अनुसार आरोपीद्वयले ड्रग्सको धन्दा गर्दै आइरहेको पुलिसलाई विश्वासनीय सुत्रले सूचित गरेको थियो। सोही सूचनाको आधारमा पाकिम थानाका एसएचओको निर्देश बमोजिम आरोपीको घरमा छापा मार्ने क्रममा पुलिसले आरोपीको घरबाट ७.९१ ग्राम्स ब्राउन सुगर फेला पारेको हो। उक्त ब्राउन सुगर आरोपीले सिरानीभित्र लुकाएर राखेको पुलिसले बताएको छ। हाल आरोपीद्वय पाकिम थानामा रहेको र उनीहरूविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement