ममता ब्यानर्जीको शहीद र ममता सरकारको गोलीले शहादत पाएका हाम्रा गोर्खा शहीद बेग्ला बेग्लै मापदण्डका हुन्?- विधायक बीपी बजगाई

IMG-20220721-WA0156.jpg

खरसाङ: अाज तृणमूल कांग्रेसको सरकारद्वारा कोलकोतामा पालन गरिएको शहीद दिवस विषयमा खरसाङका भाजपा विधायक बीपी बजगाईले प्रतिक्रिया दिएका छन्। उनले आज एउटा भिडियो जारी गरी के धर्मतला कोलकातामा स्मरण गरिएको ममता ब्यानर्जीको शहीद र ममता सरकारको गोलीले शहादत पाएका हाम्रा गोर्खा शहीद बेग्ला बेग्लै मापदण्डका हुन्? भनी प्रश्न गरेका छन्। खरसाङका भाजपा विधायक बीपी बजगाईले शहीदहरूलाई सम्मान र श्रध्दाञ्जली अर्पण गर्नुपर्छ अनि कोलकोताको कार्यक्रममा पहाड़बाट पनि अनित थापा लगायत तृणमूल कंग्रेसको नेतृत्वहरू सहभागिता जनाउन गएको सुने र अनित थापाको वक्तव्य पनि सुने भनी बताएका छन्। उनले सर्वप्रथम त तृणमूल कांग्रेसक सरकारले पालन गरेको शहीद दिवस विषयमा बोल्दै आजभन्दा तीस वर्ष अघि सन् १९९३ मा युवा कंग्रेसको जनसभामा तत्कालीन वामफ्रन्ट सरकारले गोली चलाउँदा युवा कंग्रेसको सम्भवतः ९ जना शहीद बनेका थिए र उनीहरूको स्मरणमा शहीद दिवस पालन गरिएको बताएका छन्। विधायक बीपी बजगाईले हाम्रो मुख्यमन्त्रीलाई आजभन्दा ३० वर्ष अघिको घटना याद छ तर हाम्रो पहाड़मा उनकै सरकारको समयमा २०१७ मा शहीद भएका पहाड़को १३ जना शहीदहरूको स्मरण छ कि छैन भनी प्रश्न पनि गरेका छन्। खरसाङका भाजपा विधायक बीपी बजगाईले हाम्रो पहाड़बाट गएका नेताहरू जायोस् तर हाम्रो २७ जुलाईमा पालन गरिने शहीद दिवसको दिन मुख्यमन्त्रीलाई यहाँ बोलाएर हाम्रो सरकारको समयमा शहीद भएका हुन् स्वीकार गरेको हुनुपर्छ म त्यो चाहान्छु भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement