इण्डिपेण्डेन्स कपः सिमाना एफसी र अल स्टार बाघडुग्रा विजयी

IMG_20220721_201049.jpg

२१ जुलाईः दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको पहिलो म्याचमा सिमाना एफसी-ले मारानाथा एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट देवान तामाङले २ अनि मनोज सुब्बाले १ गोल गरे। मारानाथा एफसी-बाट अभिनय गुरुङले १ गोल गरे। दोस्रो म्याचमा अल स्टार बाघडुग्राले सिंगबुली टी स्टेटलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसमा बाघडुग्रा अल स्टारबाट जुवनाले अनि सिंगबुली टी स्टेटबाट रुपक तामाङले गोल गरे। आजको म्याचमा अतिथिको रूपमा दिवस लामा र धन प्रसाद तामाङ उपस्थित थिए। भोलि खेलिने म्याचमा सामार्थ एफसी (सालबारी) र पानीघट्टा हायर सेकेण्डरी स्कूलबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल छेत्रीले जनाएका छन्।

About Author

Advertisement