शहीद दिवसः कोलकातामा उर्लियो जनसमुद्र, २०२४ को लागि ममता ब्यानर्जीको भीषण गर्जन

TMC-Shahid-Diwas

कोलकाता: आज कोलकातामा सम्पन्न भएको टीएमसीको शहीद दिवसको कार्यक्रममा १० लाख भन्दा बढी मानिसहरुको विशाल जनसमुद्र उर्लिएको छl यस जनसमुद्रबीच पश्चिम बङ्गालकी मुख्यमन्त्री र टीएमसीकी सुप्रिमो ममता ब्यानर्जीले शहीद दिवसको नारा लगाइन्। सन् २०२४ को लोकसभा चुनावको लागि उनको गर्जन भीषण थियोl कोलकाताका आज पानि परिरहेको थियोl आफ्नो सम्बोधनमा उनले भनिन्, ‘यो वर्षाले २०२४ मा भाजपालाई बगाएर लैजाने छ, हामीसँग लड्ने शक्ति उनीहरुसित छैन। यी दुई वर्षमा हामीले धेरैलाई गुमायौं। भाजपाले जताततै सरकार भत्काउने काम गरिरहेको छ, बङ्गालमा पनि प्रयास गर्यो तर सफल भएनl’ माकपामाथि ममता ब्यानर्जीले हमला गर्दै भनिन्, ‘विकास बाबु तपाईको पालामा जन्म प्रमाणपत्र…? के फाइल निकाल्नु पर्छ? तपाईहरु पार्टी गर्नु हुन्थ्यो अनि उनीहरुको पत्नीलाई नोकरी प्राप्त हुन्थ्योl’

मुख्यमन्त्री ममता  ब्यानर्जीले जीएसटीको विरोध गरिन्l उनले भनिन्, ‘एक दिन आउनेछ जब केन्द्रले मृत्यु पछि पनि जीएसटी लगाउनेछ। १०० दिनको रोजगारी कोष बन्द भयो। आखिर राजनीतिमा किन प्रतिस्पर्धा हुन्छ, यसको अर्थ राज्यलाई रकम दिनु हुँदैन। दिल्लीमा घेराव गर्नेछौं, जतिसक्दो चाँडो १०० दिनको कोष दिनुहोस्l बङ्गालले के गल्ति गर्यो? जनतासामु झुक्छौं, देश खतरामा परे म अगाडि आउनेछुl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *