कोलकाताको जनसमूहलाई अनित थापा गरे सम्बोधन; भोलि राज्यको मुख्य सचिवसँग बैठक बस्ने

Anit-Thapa-Kolkata

दिदीको साथमा रहेर सत्यको राजनीति गरेर पहाड़लाई अघि लानेछु: अनित थापा

कोलकाता: आज कोलकातामा आयोजित टीएमसीको शहीद दिवसको कार्यक्रममा १० लाख भन्दा बढी जनसमूहलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का अध्यक्ष एवं जीटीएका मुख्य कार्यपाल अनित थापाले सम्बोधन गरे। उनले आफ्नो सम्बोधनमा पहाड़मा केही समय अघि सम्पन्न चुनावमा दिदीको मार्ग दर्शन र आशिर्वादले चुनाव जितेर आएको बताएका छन्। थापाले हामी पहाड़वासी ८६ देखि २०१७ सम्म नै हिंसात्मक आन्दोलनमा थियौं र हामीलाई झुटो सपना देखाइएको थियो भनी बताएका छन्। अनित थापाले “म कोलकोताको यस मञ्चबाट भन्न चाहान्छु कि अब हामी दिदीको साथमा रहेर सत्यको राजनीतिमा छौं र भविष्यमा पनि दिदीको साथमा रहेर कार्य गरी पहाड़लाई अघि लिएर जानेछु” भनी बताएका छन्। अनित थापाले कोलकोताको भीड़लाई सम्बोधन गर्दै जबसम्म राजनीतिमा रहन्छु तबसम्म दिदीको साथमा रहेर राजनीति गर्ने र कार्य गर्ने पनि बताएका छन्।

भोलि बिहान १०.३० बजे नवान्नमा राज्यका मुख्य सचिवसित उनको बैठक हुने भएको छl सो बैठकमा जीटीए सम्बन्धी मुद्दाहरू माथि चर्चा गरिने भएको छ।

About Author

Advertisement