मिरिक: गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका संयोजक किशोर प्रधान र सदस्य राहुल राईले आज मिरिकमा पत्रकारहरूसित कुरा गर्दै भने, ‘हामी राजनिती गर्दैनौं केवल निगरानी राख्छौंl’ दुवैले गोर्खाल्याण्डको मागलाई दार्जीलिङभित्र मात्र सीमित नराखेर भारतमुखी भएर अघि बढाउन राष्ट्रव्यापी आन्दोलन हुनपर्छ भनेर कार्य गरिरहेको बताए। उनीहरुले भने, ‘यसपाली ७ अगस्तमा दिल्लीमा हुने सेमिनारमा गोर्खाहरु मात्र होइन, जसले गोर्खाहरूको भलो चहान्छ अनि भारतमा गोर्खाहरूका लागि अलग राज्य भएको हेर्न चहाने गैर गोर्खाहरूलाई पनि सहभागी गराइनेछl’
								



								

                    


